यू–१९ सुदूरपश्चिम छनोटमा कैलाली विजयी

बैतडी । वाइवाइ यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा कैलाली विजयी भएको छ ।
आज सम्पन्न खेलमा कैलालीले अछामलाई आठ विकेटले हरायो । अछामले दिएको एक सय एक रनको लक्ष्य कैलालीले दुई विकेटको क्षतिमा पूरा ग(यो । कैलालीका लागि क्रितिक थापाले अविजित ३५ र सुदीप साउदले २६ रनको योगदान गरे । अछामका युवराज खत्री र निराजन गौतमले एकरएक विकेट हात पारे ।
त्यसअघि परशुराम नगरपालिका १२ स्थित जोगबुढा रङ्ग मैदानमा पहिला ब्याटिङ गरेको अछाम २८ दशमलव दुई ओभरमा एक सय रनमा अलआउट भयो । उसका लागि रविन भण्डारीले ४३ रन जोडे भने अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
कैलालीका दीपक रोकाया एक्लैले छ विकेट हात पारे । खेलका प्लेयर अफ द म्याच समेत चुनिएका दीपकले आठ दशमलव दुई ओभरमा एक मेडन राख्दै २२ रन खर्चिए ।
प्रतियोगिताअन्तर्गत भोलि कञ्चनपुर र बझाङबीचको खेल हुनेछ । समूह ‘बी’को शीर्ष स्थानमा रहने टोली फाइनलमा बैतडीसँग भिड्ने छ । समूह ‘ए’ बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेको छ ।
यही जेठ २० गतेदेखि सुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो ।
प्रतियोगिताको फाइनल आगामी असार १ गते हुने प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताए ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया