भारत र पाकिस्तानबीचको खेल पुनः सुरु, कोहली चार रनमै आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल पुनः सुरु भएको छ ।
आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले एक ओभर ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । एक ओभरको खेल हुँदा भारतले विकेट नगुमाई आठ रन बनाएको थियो । खेल करिब आधा घण्टा रोकिएको थियो ।
खेल पुनः सुरु भएको तेस्रो बलमै भारतका ओपनर विराट कोहली आउट भए । कोहलीलाई चार रनमा नसिम साहले उस्मान साहबाट क्याच गराए ।
यसअघि वर्षाका कारण ओसिलो मैदान भएपछि खेलको टस करिब १५ मिनेट ढिलो भएको थियो ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।
भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।













कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया