टी-२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुँदै
मेरोन्यूज
२०८१ जेठ २८ गते ६:५९

काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुँदै छ । आज समुह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुँदै छ ।
न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि सुरु हुने छ ।
जारी विश्वकपमा दक्षिण अफ्रिकाले २ खेलमा जित हासिल गरेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।
यी दुवै देशबीच अहिलेसम्म कुल ८ टी-२० खेल भएका छन् र सबै खेल दक्षिण अफ्रिकाले जितेको छ । बंगलादेशले अहिलेसम्म टी-२० खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन ।
सम्बन्धित













काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया