टी-२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुँदै
मेरोन्यूज
२०८१ जेठ २८ गते ६:५९

काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुँदै छ । आज समुह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुँदै छ ।
न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि सुरु हुने छ ।
जारी विश्वकपमा दक्षिण अफ्रिकाले २ खेलमा जित हासिल गरेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।
यी दुवै देशबीच अहिलेसम्म कुल ८ टी-२० खेल भएका छन् र सबै खेल दक्षिण अफ्रिकाले जितेको छ । बंगलादेशले अहिलेसम्म टी-२० खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन ।
सम्बन्धित
















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया