अनुहारको सुन्दरता र स्वस्थताको लागि अपनाउनुहाेस् यी ५ टिप्स

अनुचित खानपान, अस्वस्थ जीवनशैली, धुम्रपान, तनाव र प्रदूषणले तपाईको छालालाई समयभन्दा पहिले नै बुढ्यौली बनाउन सक्छ । धेरैजसो महिलाले अत्याधिक व्यस्तताका कारण आफ्नो छालाको स्वास्थ्यलाई बेवास्ता गर्छन् । जसले गर्दा कालो दाग, सुख्खापन र सुस्तता देखिन थाल्छ ।
कस्मेटिक उत्पादनहरू विश्वास गर्न सकिँदैन
नीरस र सुख्खा छालामा चमक ल्याउनका लागि महिलाहरूले धेरै महँगो र फेन्सी कस्मेटिक उत्पादनका साथै औषधिको सेवन गर्छन् । सुरुमा यो तपाईंको छालामा चमत्कार जस्तो देखिन सक्छ । तर बिस्तारै तिनीहरूले छालाको प्राकृतिक तेल र चमक अवशोषित गर्न थाल्छन् । यस्तो अवस्थामा आफ्नो नियमित दिनचर्याका केही महत्वपूर्ण कुरामा मात्र ध्यान दिएमा छालाको स्वास्थ्य लामो समयसम्म कायम राख्न सकिन्छ ।
१. सनस्क्रिन प्रयोग गर्नुहोस्
डाक्टरका अनुसार छालामा सनस्क्रिन लगाउनु निकै जरुरी हुन्छ । सूर्यको हानिकारक किरणहरूको प्रत्यक्ष सम्पर्कले छाला समस्याहरू जस्तै चाउरी, दाग र अन्य धेरै छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ । घरबाट बाहिर ननिस्कँदा वा घरबाटै काम गरिरहँदा पनि सनस्क्रिन लगाउन नबिर्सनुहोस् । कम्प्युटर र मोबाइलको स्क्रिनबाट निस्कने ब्लु रेले पनि छालालाई हानी पु¥याउँछ । यस अवस्थामा, आफ्नो अनुहारमा मिनरल्समाआधारित उच्च एसपीएफ सनस्क्रिन लगाउनु राम्रो हुन्छ । यसले तपाईको छालाको स्वास्थ्य कायम राख्छ ।
२.पेटको स्वास्थ्यको ख्याल राख्नुहोस्
डाक्टरका अनुसार, स्वस्थ पाचन छाला सम्बन्धी सबै समस्याहरूको लागि प्रभावकारी उपचार हो । चम्किलो र सुन्दर छालाको लागि सबैभन्दा पहिले पेटको स्वास्थ्यमा ध्यान दिनुहोस् । उचित आहार लिनुहोस् र पर्याप्त पानी पिउनुहोस् । तपाईंको पाचन प्रणालीको लागि अस्वस्थ कुनै पनि चीजले अक्सिडेटिभ तनाव र सुन्नाई निम्त्याउन सक्छ । यसले तपाईको आन्द्रालाई मात्र नभई शरीरका अन्य अंगहरुमा पनि असर गर्छ ।
३. हाइड्रेटेड रहने
छालाको स्वास्थ्य कायम राख्न पर्याप्त मात्रामा पानी पिउनुपर्ने हुन्छ । जब शरीर हाइड्रेटेड हुन्छ, छाला ओसिलो र स्वस्थ रहन्छ । यसको साथमा छालामा प्राकृतिक चमक आउँछ । दिनभरि कम्तीमा ८ गिलास पानी पिउनुहोस् ।
४. धुम्रपान नगर्ने
छाला विशेषज्ञहरुका अनुसार धुम्रपानले छालामा चाउरी पर्ने जस्ता अकाल उमेरका लक्षणहरु निम्त्याउँछ । धुम्रपानले छालाको माथिल्लो तहमा रहेका रक्तनलीहरू खुम्चिन्छ, जसले रगतको प्रवाहलाई कम गर्छ र छालालाई निर्जीव बनाउँछ । त्यसैले धुम्रपानबाट पूर्णतया टाढा रहने प्रयास गर्नुहोस् ।
५. तनावबाट टाढा रहने
चिकित्सकका अनुसार मानसिक रुपमा सन्तुलित रहनुभयो भने तपाईको छाला आफै चम्किलो र सुन्दर देखिन्छ । तनावले शरीरमा एक प्रकारको रासायनिक पदार्थ उत्पादन गर्छ, जसले छालालाई धेरै संवेदनशील र प्रतिक्रियाशील बनाउँछ। जसका कारण छालामा एक्ने, पिम्पल, पिग्मेन्टेसन जस्ता समस्याहरू निको हुन सक्दैन । तनावको समयमा निस्कने कोर्टिसोल हर्मोनले छालामा तेलको उत्पादन बढाउँछ । अर्कोतर्फ,विभिन्न छालासम्बन्धी समस्याहरू निम्तिन सक्छ ।
एजेन्सीको सहयोगमा
















ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया