बलिउडका यी कलाकार, जसले फिल्ममा नि:शुल्क अभिनय गरे

काठमाडौं । सामान्यतया कलाकारहरुले फिल्ममा अभिनय गरेवापत राम्रै पारिश्रमिक लिने गर्छन् । तर कहिले काहि उनीहरुले पारिश्रमिक बिना नै काम गर्ने गरेका हुन्छन् । फिल्मको कथावस्तु मन परेर होस् वा निर्देशकसँगको सम्बन्धले गर्दा नै कलाकारहरु बिना शुल्क नै काम गर्न तयार हुन्छन् ।
बलिउडमा पनि केही यस्ता कलाकार छन् जसले फिल्ममा सित्तैमा अभिनय गरिदिएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्री रानी मुर्खजीले ‘कभी खुसी कभी गम’मा निशुल्क काम गरेकी थिइन् । अभिनेता शाहिद कपुरले पनि फिल्म ‘हैदर’ मा बिना शुल्क काम गरेका थिए ।
यसैगरी अमिताभ बच्चनले फिल्म ‘ब्ल्याक’मा निशुल्क काम गरेका थिए । संजयलीला भन्सालीको फिल्म ‘ब्ल्याक’ को स्कृप्ट उनलाई एकदम मन परको थियो । यसकारण उनले यसमा काम गर्न कुनै पारिश्रमिक लिएनन् । फिल्मबाट उनले अभिनयको लागि सम्मान पनि पाएका थिए ।
यस्तै शाहरुख खानले पनि फिल्म ‘भूतनाथ रिटर्नस्’ र ‘क्रेजी ४’ मा बिना शुल्क अभिनय गरेका थिए ।
भारतीय सञ्चामाध्यमका अनुसार अभिनेता सलमान खानले पनि कयौं बलिउड फिल्ममा बिना शुल्क काम गरेका छन् ।















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया