सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित
मेरोन्यूज
२०८१ जेठ २९ गते १६:५४

काठमाडौं। राष्ट्रियसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक पेस गरेका हुन् ।
विधेयकमाथिको छलफलमा सांसद देवेन्द्र दाहाल र कमला पन्त सहभागी थिए । विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले विधेयकमा जनताको दैनिक कारोवार सुरक्षित गर्ने व्यवस्था रहेकोले विधेयक पारित भएसँगै यो थप व्यावहारिक र समयसापेक्ष बन्दै जाने बताए ।
त्यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । राष्ट्रियसभाको बैठक असार १८ गते पुनः बस्नेछ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया