वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द
मेरोन्यूज
२०८१ जेठ ३० गते ७:५७

काठमाडौँ ।आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । विश्वकपमा नेपालले दुई खेलमा एक अङ्क जोडेको छ भने तीन खेलबाट श्रीलङ्काको पनि समान एक अङ्क नै छ ।
नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विश्वकपको समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिका तीन खेलमा छ अङ्कका साथ सुपर आठमा प्रवेश गरिसकेको छ । बङ्गलादेश र नेदरल्यान्ड्सको समान दुई खेलबाट समान दुई–दुई अङ्क नै छ । नेपालले अब वेस्टइन्डिजमा यही जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया