टी-२० विश्वकप: आजराती इङल्याण्ड र ओमान खेल्दै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज राति समुह बी अन्तर्गत इङल्याण्ड र ओमानबीच खेल हुदै छ । एन्टीगाको सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल आज राति १२; ४५ बजेदेखि शुरु हुदै छ ।
जारी विश्वकपमा इङल्याण्डले राम्रो शुरुवात गर्न सकेको छैन । पहिलो खेल स्कटल्याण्डविरुद्ध बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको इङल्याण्डले दोस्रो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको थियो । इङल्याण्डको अहिले २ खेलमा एक अंक रहेको छ । त्यस्तै ओमानको भने यस विश्वकपमा यो अन्तिम खेल हो । यस अघि लगातार तीन खेलमा हार बेहोरेको ओमान समुह चरणबाटै बाहिरिएको छ ।
इङल्याण्ड र ओमानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा हुन लागेको यो पहिलो खेल हो ।
इङल्याण्डले सुपर आठमा आफ्नो स्थान सुरक्षित गर्न यो खेल ठुलो अन्तरले जित्नुपर्ने अवस्था रहेको छ । समुह बी बाट अस्ट्रेलिया लगातार तीन खेल जितेर सुपर आठमा पुगेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक खेल बर्षाले रद्ध भएपछि ५ अंक हासिल गरेको छ ।
अब स्कटल्याण्ड अन्तिम खेलमा अस्ट्रेलियासँग खेल्दै छ । यस अवस्थामा इङल्याण्डले यो खेल तथा नामिबियासँगको खेल फराकिलो अन्तरले जितेमा तथा अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा इङल्याण्डको सुपर आठको बाटो खुल्ने देखिन्छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया