सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन

काठमाडौँ । सलमान खान आफ्ना फ्यानका लागि सिकन्दर ल्याउन लागेका छन् । यो फिल्म अर्को वर्ष रिलिज हुने भए पनि यसको निकै चर्चा भइरहेको छ ।
गजनी जस्ता ब्लकबस्टर फिल्म बनाएका एआर मुरुगादासले यो फिल्म निर्देशन गर्दैछन् । यो फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् ।
हालै निर्माण पक्षले सामाजिक सञ्जालमार्फत चलचित्रको छायांकन जुन १८ गतेबाट सुरु हुने जानकारी दिएको थियो । मिडिया रिपोर्टका अनुसार फिल्मको एक्सन दृश्यहरू मिशन इम्पोसिबलका स्टन्ट निर्देशकले डिजाइन गर्नेछन् ।
टम क्रुजको चर्चित जम्प सीन फिल्म गर्ने एक्सन निर्देशकहरू पनि सलमान खानको फिल्मसँग जोडिने बताइएको छ । यो खबर बाहिर आएसँगै फ्यानहरुको अपेक्षा निकै बढेको छ ।
यस वर्ष इदको अवसरमा सलमानले फ्यानलाई उपहार दिँदै आफ्नो फिल्मको घोषणा गरेका थिए । अभिनेतासँग दक्षिणकै चर्चित अभिनेत्री रश्मिका मन्डन्ना पनि देखिनेछिन् । फिल्म आगामी वर्षको इदमा ११ अप्रिलमा हलमा रिलिज हुनेछ ।
सलमान सिकन्दरभन्दा पहिले टाइगर ३ मा देखिएका थिए । मनिष शर्मा निर्देशित यो फिल्मले बक्स अफिसमा सोचे अनुसार कमाई गर्न सकेन । फिल्ममा शाहरुख खानको पनि क्यामियो रोल थियो तर यो फिल्मले दर्शकमा खासै जादू छाड्न सकेन ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया