नेपालमा तिब्र गतिको बलरको खोजी गर्न वर्ल्डलिंकको ‘बिट द स्पीड’ अभियान

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले ‘बिट द स्पीड’ अभियानमार्फत नेपालको सबैभन्दा तिब्र गतिको बलरको खोजी अभियान सुरु गरेको छ ।
‘बिट द स्पीड’ अभियान अन्तर्गत वैशाख २० गतेबाट नेपालभर १८ भन्दा बढी सहरहरूमा कार्यक्रमको आयोजना गरिएको थियो, जसमा २००० भन्दा बढी युवाहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए ।
पूर्व बिर्तामोड सहरबाट सुरु गरी दमक, इटहरी, विराटनगर, धरान, बर्दिबास, वीरगंज, हेटौडा, काठमाडौँ, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, पोखरा, घोराही, नेपालगञ्ज, धनगढी तथा महेन्द्रनगरमा सम्पन्न भएको थियो ।
यो अभियान क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को सहयोगमा आयोजना गरिएको हो। नेपालका १८ सहरहरूमा युवाहरूको उत्साहजनक सहभागिता रहेको यस अभियानबाट उत्कृष्ट सात ‘फास्टेस्ट बलर’ हरु काठमाडौँमा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् ।
लुम्बिनीबाट प्रदिप जैसवाल उमेर १९, हेटौडाबाट राहुल कुमार यादव उमेर १४, घोराहीबाट आयुष ओली उमेर १७, काठमाडौँबाट मिलन लुइँटेल उमेर २७, बुटवलबाट सन्देश थापा उमेर २१, महेन्द्रनगरबाट रबी दमाई उमेर १५ र धनगढीबाट आयुष द्वारीया उमेर १७ अन्तिम सात प्रतियोगिका रूपमा छानिएका छन् ।
नेपाल ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ए टिमका बलिङ प्रशिक्षक कलाम आलीले नेतृत्व गरिरहेको यस प्रशिक्षण कार्यक्रममा योग, फिटनेस तथा बलिङ प्रविधिसहित क्रिकेटका विभिन्न पक्षहरूको बारेमा सिकाइने जानकारी वर्ल्डलिंकले दिएको छ। यस प्रशिक्षण कार्यक्रमको अन्त्यमा सातै सहभागीहरुहरूको माझमा बलिङ स्पिड प्रतिस्पर्धा गराइने तथा त्यस प्रतिस्पर्धाको विजेतालाई भारतको चेन्नई स्थित प्रतिष्ठित ;एमआरएफ पेस फाउन्डेसन’ मा थप प्रशिक्षणका लागि निःशुल्क पठाइने छ । यस प्रतिस्पर्धाको सम्पूर्ण गतिविधिहरु सहितको श्रृङ्खला वर्ल्डलिंक कम्युनिकेसनको फेसबुक पेज तथा युट्युब च्यानल मार्फत प्रसारण गरिनेछ। साथै यसको विजेता घोषणा समेत सोही भिडियो मार्फत गरिनेछ ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सोमपाल कामी एम्बेस्डर रहेको यस ‘बिट द स्पीड’ अभियानले नेपालभर रहेका प्रतिभाहरूको उत्थान तथा उनीहरूको कौशलतालाई उजागर गरी भविष्यमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको छ ।
वर्ल्डलिंक कम्युनिकेसन द्वारा आयोजित यस्ता अभियानहरूले नेपालमा युवा प्रतिभालाई प्रोत्साहित गर्नुका साथै युवा खेलाडीहरुलाई खेलकुद तथा अन्य क्षेत्रमाहरु आफ्नो सपना पूरा गर्ने प्रेरणा प्रदान गर्ने आशा व्यक्त गरेको छ ।
‘बिट द स्पीड’ क्याम्पेनको सफल समापन वर्ल्डलिंक र नेपाली युवा समुदाय तथा उनीहरूको विकास र प्रतिभा पहिचानमा टेवा पुर्याउने निरन्तर प्रयासको अर्को कोसेढुंगाको रुपमा प्रस्तुत गरेको छ। साथै आउँदा दिनहरूमा पनि वर्ल्डलिंक कम्युनिकेसनले, यस्तै प्रकारका थप उत्कृष्ट कार्यक्रम तथा अभियानहरु सहित आउने प्रतिबद्धता व्यक्त गरेको छ।
यस अभियानका सम्पूर्ण १८ वटा सहरहरुको प्रतिस्पर्धात्मक कार्यक्रमका भिडियोहरू यस कम्पनीको फेसबुक तथा युट्युब च्यानलमा उपलब्ध छन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया