रौतहटमा युवकको शव भेटियो, हत्या भएको आशंका

रौतहट। रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपराह्न एक जना युवकको शव भेटिएको छ ।
गौर-४ टिकुलिया बकैया खोलाको बाँध नजिकै स्थानिय शुभनारायण सहनीको छोरा २० वर्षीय युवक रोहित सहनीको शव भेटिएको हो ।
घरबाट शौच गर्न निस्किएक उनको उनको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् । जिल्ला प्रहरी प्रवक्ता तथा डिएस्पी गिरीले मृतक सहनीको सरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह नदेखिएको बताएकी छिन् । मृतकको पाकेटबाट लागुऔषध गाँजा भरिएको चिलम जस्तो कुरा बरामद भएको छ । गाँजाको नशामा गर्मीको कारण बेहोस भएर पानीको कमीको कारण पनि मृत्यु हुनसक्ने अनुमान गरिएको छ । मृतकको नाकबाट रगत बगेको देखिन्छ।
मृतक शहनिको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डिएसपी गिरीले बताएकी छिन् ।
उता मृतकका दाजु सञ्जय सहनीले कसैले कुटपिट गरी रोहितको हत्या गरेको दाबी गरेका छन छन् । उनले भाइको घाँटी थिचेर कुटपिट गरी हत्या भएको कारण प्रहरीले गम्भीरता साथ अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

















फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया