पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला

कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बि।क। असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।
त्यस्तै कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं। ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । असार १ गते साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको हो ।
त्यसैगरी असार १ गते सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको खोजी कार्यको लागि नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहितको फौज खटिएको छ ।

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया