चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले भने- उथलपुथल गर्ने बेला भएको छैन

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।
सोमबार बिहान चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको बताउँदै सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।
उनले भने- ‘विरोध जस्तो मात्रै गर्नुभएको छ। साँच्चै गर्नुभएको छैन। उथलपुथल गर्ने बेला भएको छैन। यो जान्छ। राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने र्युमर (अफवाह)हरूमा सत्यता छैन ।’
रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताएका छन् ।
उनले भने- ‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर। त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन ।’
गत जेठ १५ गते सदनमा पेश भएको आगामी आर्थिक वर्ष ०८१८२ को विनियोजित बजेटलाई लिएर एमाले अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्दै आफ्ना सांसदहरुलाई खुलेर छलफल गर्न निर्देशन दिएका थिए । त्यस्तै रास्वपाका मन्त्रीहरुले राजीनामा बोकेर हिडेको अभिव्यक्ति दिदै सत्ता सहकार्यको समिक्षा गर्ने बेला भएको बताएका थिए । त्यस्तै एकीकृत समाजवादीले पनि सार्वजनिक रुपमा नै सरकारको आलोचना गरिरहेका छ । बजेटको विषयमा स्वयं माओवादी भित्र पनि असन्तुष्टि रहेको छ ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया