‘सोचेझैँ जिन्दगी रैनछ’ गायिका मधु रुँदै लाइभमा, दोस्रो बिहे पनि संकटमा

काठमाडौं । चर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्री रुँदै टिकटक लाइभमा आएकी छन् । गायिका क्षेत्रीले आफू र आफ्नी छोरीमाथि श्रीमान र उनको परिवारबाट हेला, हिंसा भएको लाइभमार्फत बताएकी छन् ।
पहिलो श्रीमानसँग सम्बन्धबिच्छेदपछि गत वर्ष मात्र मधुले अस्ट्रेलिया बस्ने सुरेश खड्कासँग विवाह गरेकी थिइन् । सुरेश पनि ‘डिभोर्सी’ नै हुन् । उनका दुई छोरा अस्ट्रेलियामा आमासँगै बस्छन् ।
अहिले आफु गर्भवती समेत रहेको मधुले खुलाएकी छन् ।
एक वर्षअघि सुरेशले मधुसँग अदालती विवाह गरेका थिए । विवाहपछि मधुले संगीत क्षेत्रबाट बिदा लिएको घोषणा गर्दे १८ वर्षिया छोरी रीनासहित अस्ट्रेलिया गएकी थिइन् ।
३६ वर्षीया मधुले आफू अस्ट्रेलिया पुगेको केही महिनापछि नै श्रीमानसँगको सम्बन्धमा दरार आएको बताएकी छन् । अहिले आफू लुकेर बस्नसमेत बाध्य भएको उनले बताएकी छन् ।
गर्भवती भएको अवस्थामा पनि सुरेशले मानसिक तनाव र यातना दिएको आरोप उनले लगाएकी छन् । साथै आफ्नी किशोरी छोरीको बेवास्ता गरेको, हेला गरेको आरोप पनि लगाएकी छन् ।
सुरेशले भने यसबारे हालसम्म केही बोलेका छैनन् ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया