भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ- सांसद खान

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद खानले भौतिक पूर्वाधार मन्त्रालयको बजेट नेतामुखि भएको टिप्पणी गर्दै मन्त्रलायको बजेट पुनर्लेखन गर्नुपर्ने माग गरेका हुन् ।
उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले केही क्षेत्र र केही जिल्लाहरुमा मात्रै बजेट सीमित गराउने काम गरेको बताउदै पुनर्लेखन गर्न माग गरेका हुन् । सांसद खानले राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोचका कारण मुलुकको विकास निर्माणको काममा सुधार हुन नसकेको टिप्पणी गरे ।
उनले भने, ‘भौतिक पूर्वाधारमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने–भौतिक पूर्वाधारको बजेट नेतामुखि भएको देखिन्छ। केही क्षेत्र र केही जिल्लाहरुमा सीमित देखिन्छ। तसर्थ भौतिक पूर्वाधारको बजेट पुनर्लेखन गरौं माननीय मन्त्रीजी। यसरी भएन। राष्ट्रिय योजना आयोगको अदुरदर्शी सोच र अपर्याप्त अन्वेषण, अनुसन्धानको कमीको कारणले व्यवहारिक र देशमा संरचनागत सुधार भईराखेको छैन ।’















मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया