कोभिड–१९ विरुद्धको खोप ल्याउन विश्व बैंकले ८.७ अर्ब रुपैयाँ ऋण दिने

काठमाडौं । विश्व बैंकले कोभिड–१९को खोप का लागि ८ अर्ब भन्दा बढी रकम नेपाल सरकारलाई दिने भएको छ ।
जनसंख्याको उच्च प्राथमिकता प्राप्त समुहमा कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकार बिच आज ७ दशमलब ५ करोड अमेरिकी डलर ( करिब ८ अर्ब ७० करोड रुपैंया) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
अर्थमन्त्रालयमा आज शुक्रबार आयोजित कार्यक्रमकाबीच भएको सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव श्री शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे ।
कार्यक्रममा अर्थ सचिव शिशीर कुमार ढुंगानाले भने, “कम्तिमा पनि ७२% नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तिय सहयोगले महत्वपूर्ण र समय–सान्दर्भिक सहयोग पुर्याउने छ ।”
कोभिड–१९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड–१९ विरूद्घका खोपहरुको खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तिय सहयोग उपयोगी हुने अर्थ सचिव ढुंगानाको भनाई छ ।
मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद–जर्भोसले कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जिवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण रहेको उल्लेख गरे ।
गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २ दशमलब ९ करोड अमेरिकी डलर ३ दशमलब ३ अर्ब नेपाली रुपैंया) बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारीका लागि नेपाल सरकालाई वित्त सहयोग प्राप्त भएको हो ।
स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गरिरहेको अर्थमन्त्रलयले जनाएको छ ।
विकासशिल देशहरूका लागि आर्थिक कोष र ज्ञानको ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
प्रतिक्रिया