ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

ताप्लेजुङ। ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन्भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए।
“बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ”, प्रजिअ आचार्यले भने । बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उनले बताए ।
पहिरोबाट विस्थापित हुने अधिकांश सिरीजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका बढिरहेका प्रजिअ आचार्यले बताए। उनका अनुसार पहिरोमा परेर फक्ताङलुङ–२ का एकै परिवारका चारजनाको निधन भएको थियो भने पाँचथर फिदिमका एकजनाको सिरीजङ्घामा निधन भएको थियो ।
पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ । अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका जनाएका छन् । सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् । बाढीपहिरोले नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन् । हरेक दिन वर्षा भइरहेकाले ग्रामीण क्षेत्रका नागरिक त्रसित बनेका छन् ।











चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया