कैलालीमा भरूवा बन्दुक ३ थानसहित दुई जना पक्राउ
मेरोन्यूज
२०८१ असार ५ गते १७:०६

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका-१२ नकफोडुवा बस्ने ३७ वर्षीय मोहन बहादुर खत्रीलाई भरूवा बन्दुक ३ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वर बस्ने ३६ वर्षीय ईश्वर कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईश्वरले सोमबार राति जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय टोप बहादुर कुमाल घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले ईश्वरको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित

















सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया