संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव छ : पर्यटनमन्त्री तामाङ

संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव छ स् पर्यटनमन्त्री तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताएका छन्। बुधबार काठमाडौंमा सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले संस्कृति समाज जागरणको शसक्त माध्यम भएको भन्दै सांस्कृतिक रूपान्तरणसंगै समाज जागरणका लागि सरकारको ऐतिहासिक पृष्ठभूमि बोकेको एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
संस्कृतिलाई पर्यटनसँग जोडेर पर्यटन लक्षित कार्यक्रम उत्पादनतर्फ संस्थानले विशेष ध्यानकेन्द्रित गरी राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छ भन्ने कुरा प्रमाणित गर्दै आएको बताउंदै उनले संस्कृतिका माध्यमबाट सामाजिक रूपान्तरणका लागि जागरण अभियान र उत्पादनलाई विशेष जोड दिई रोजगार सहितको आर्थिक समृद्धिको मार्ग निर्माणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको बताए ।
नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी मन्त्रालयले संस्कृतिको संरक्षण, संवर्द्धन, प्रबर्द्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमकिताका साथ कार्यान्वयलाई जोड दिएको उनको भनाई छ । उनले भने मन्त्रालयको संस्कृति सम्बन्धी वकालत गर्ने प्रमुख निकाय सांस्कृतिक संस्थान भएकाले नेपाल र नेपालीको अस्तित्व एवम् पहिचानसँग जोडिएको संस्कृति जस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण गरी हरेक जातजातिका अमृत सांस्कृतिक सम्पदालाई दस्तावेजीकरण सहित बिश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि संस्थानको विशेष पहल अपरिहार्य रहेको छ ।
संस्कृतिलाई संस्थागत रूपमा अगाडि बढाउन वि।सं २०१६ सालमा अवधारणा निर्माण गरी वि।सं २०१८ सालमा राष्ट्रिय नाचघरको स्थापना भएको थियो । सञ्चार संस्थान ऐन, २०२८ अनुसार वि।सं २०२९ साल असार ५ गते आधिकारिक रूपमा सांस्कृतिक संस्थानको रूपमा गठन गरिएको यस संस्थान नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सांस्कृतिक संस्थान हो ।
संस्थान स्थापना कालदेखि उद्देश्य अनुरुप लोपोन्मुख अवस्थामा रहेका लोकगीत, लोकनृत्य, लोकवाच, लोकनाटक तथा समग्र लोक संस्कृतिको खोज अनुसंधान गरी संस्कृतिको संरक्षण, संवर्द्धन, प्रवर्द्धन, दस्तावेजीकरण सहित पुस्तान्तरणका लागि नेपाल सरकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम, सभा, समारोहहरुमा राष्ट्रको पहिचान झल्किने कार्यक्रमहरू प्रदर्शन गर्दै आइरहेको छ । संस्थानले सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि जागरण मूलक सांस्कृतिक अभियान, शिक्षालाई व्यावहारीक बनाउन पाठ्यक्रममा आधारित विभिन्न उपन्यास, कथा, एकांकी र नाटकलाई मञ्चन गरी प्रदर्शन गर्नुका साथ साथै विगतदेखि प्रशिक्षणका कार्यक्रमसमेत सञ्चालनमा गर्दै आइरहेको छ ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
प्रतिक्रिया