आइतबार, चैत १५, २०८२

अमेरिकाले वेस्ट इन्डिजलाई दियो १२९ रनको चुनौती

मेरोन्यूज २०८१ असार ८ गते ८:३४

काठमाडौं । आईसीसी टी-२० विश्वकपको ‘सुपर ८’मा अमेरिकाले वेस्ट इन्डिजलाई १२९ रनको चुनौती दिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

टस हारेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १२८ रन बनाएको हो। एक बल बाँकी हुँदा अमेरिका अलआउट भएको हो।

अमेरिकाका लागि एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए। नितिश कुमार २०, मिलिन्द कुमार १९ रनमा आउट हुँदा साल्डी भ्यानले १८ रन बनाए। अली खानले १४ रन बनाउँदा आरोन जोन्स ११ रनमा आउट भए।

वेस्ट इन्डिजका लागि रोस्टन चेस र आन्द्रे रसेलले समान तीनतीन विकेट हात पारे भने अल्जारी जोसेफले दुई विकेट लिँदा गुडाकेश मोतीले एक विकेट लिए।

विश्वकपको सुपर-८ को समूह-२ मा रहेका आयोजकद्वय अमेरिका र वेस्ट इन्डिज अंकबिहीन छन्। पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले हारेको थियो।

यो समूहको दक्षिण अफ्रिकाले दुई खेलमा चार अंक जोडिसकेको छ भने इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ। आयोजक र सहआयोजकको यो भिडन्तलाई विश्वकपकै रोचक रुपमा लिइएको छ।

प्रतिक्रिया