अमेरिकाले वेस्ट इन्डिजलाई दियो १२९ रनको चुनौती

काठमाडौं । आईसीसी टी-२० विश्वकपको ‘सुपर ८’मा अमेरिकाले वेस्ट इन्डिजलाई १२९ रनको चुनौती दिएको छ।
टस हारेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १२८ रन बनाएको हो। एक बल बाँकी हुँदा अमेरिका अलआउट भएको हो।
अमेरिकाका लागि एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए। नितिश कुमार २०, मिलिन्द कुमार १९ रनमा आउट हुँदा साल्डी भ्यानले १८ रन बनाए। अली खानले १४ रन बनाउँदा आरोन जोन्स ११ रनमा आउट भए।
वेस्ट इन्डिजका लागि रोस्टन चेस र आन्द्रे रसेलले समान तीनतीन विकेट हात पारे भने अल्जारी जोसेफले दुई विकेट लिँदा गुडाकेश मोतीले एक विकेट लिए।
विश्वकपको सुपर-८ को समूह-२ मा रहेका आयोजकद्वय अमेरिका र वेस्ट इन्डिज अंकबिहीन छन्। पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले हारेको थियो।
यो समूहको दक्षिण अफ्रिकाले दुई खेलमा चार अंक जोडिसकेको छ भने इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ। आयोजक र सहआयोजकको यो भिडन्तलाई विश्वकपकै रोचक रुपमा लिइएको छ।












चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया