अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौँ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ चिसापानी बस्ने उदयपुर कटारी नगरपालिका-६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई अवैध लागूऔषध गाँजा करिब ६ सय ४ किलोग्रामसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित गोठ तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी गोठमा सुतिरहेका पाख्रिनलाई पक्राउ गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका-१ गोलपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रासहित टीकापुर नगरपालिका-१ बस्ने ३५ वर्षीय आशिस लोथ्याललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ नहरपुरस्थित झोलुङगेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय सुरज सुन्दौलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोजेपोखरीबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ४३ पिससहित काभ्रे पनौती घर भई ललितपुर बोजेपोखरी बस्ने ३१ वर्षीय सुदिप कार्की र उदयपुर कटारी नगरपालिका-६ घर भई ललितपुर ईमाडोल बस्ने २१ वर्षीय राजिव बराललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापाको मेचिनगर नगरपालिका-६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्रामसहित दमक नगरपालिका-४ बस्ने २७ वर्षीय बिर्जेश सुनुवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिका-५ ठुलो खोल्सा डाँडाबाट अवैध लागूऔषध गाँजा ८ किलो ५ सय ग्रामसहित सोही गाउँपालिका-८ बस्ने २१ वर्षीय अशोकलाल मोक्तान समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ८० ग्रामसहित सोही महानगरपालिका-१३ बाझापाटन बस्ने २४ वर्षीय दुध प्रसाद गुरूङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ५५६९ नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा माईक्रोबसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ बजनी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ बस्ने २१ वर्षीय सुजन मुक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले अम्लेखगंजबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०३-००५१ प ४८७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक मुक्तानलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया