विस्थापित प्यालेस्टिनी शिविरमा भएको इजरायली आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु

गाजापट्टी । गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित प्यालेस्टिनी शिविरमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको जनाएको छ।
यसबाहेक राफाहको उत्तरपश्चिममा रहेको अल–शकौस क्षेत्रमा इजरायली गोलाबारीमा धेरै मानिस मारिएको र घाइते भएको प्यालेस्टिनी नागरिक सुरक्षा एजेन्सीले बताएको छ। इजरायली सेनाले गाजा सहर नगरपालिकाको ग्यारेज र सहरको पाँच तले भवनमा बम प्रहार गरेको अल जजिराले जनाएको छ।
यसअघि गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली सेनाले कम्तीमा ३५ प्यालेस्टिनीको हत्या गरेको र इजरायल र हमासबीच जारी युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार ४३१ पुगेको जनाएको थियो।
यसैबीच, यस क्षेत्रमा इजरायली नाकाबंदी जारी रहँदा मानवीय अवस्था बिग्रँदै गइरहेको छ । फ्रान्सेली मेडिकल राहत समूह (एमएसएफ) ले शुक्रबार स्वास्थ्य सेवा सामग्री आपूर्ति अभावका कारण गाजामा स्वास्थ्य सेवा सञ्चालन स्थगित गर्नुपर्ने हुनसक्ने बताएको छ।
“एमएसएफले अप्रिलको अन्त्यदेखि गाजामा कुनै पनि चिकित्सा आपूर्ति ल्याउन सम्भव नभएकाले भ आवश्यक औषधि र उपकरणको गम्भीर अभावको सामना गरिरहेको छ“, राहत समूहले एक विज्ञप्तिमा भनेको छ ।
अन्तर्राष्ट्रिय चेतावनीका बाबजुद इजरायलले मे महिनामा रफाहमा हमासविरुद्ध प्रतिआक्रमण सुरु गरेको थियो।


















आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया