पोर्चुगल जारी युरोकपको नकआउट चरणमा
मेरोन्यूज
२०८१ असार ९ गते ७:५१

काठमाडौँ । पोर्चुगल जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।
पोर्चुगलको जितमा बेर्नान्डो सिल्भा र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए भने एक गोल टर्कीका सामेत अकायदिनले आत्मघाती गोल गरेका थिए ।
यो पोर्चुगलको लगातार दोस्रो जित हो । यस अघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गरेको थियो । समुह एफ मा २ खेलमा दुवै जितसहित ६ अंक हासिल गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ । त्यस्तै टर्कीको २ खेलमा ३ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
अब पोर्चुगलले समुह चरणको अन्तिम खेलमा जर्जियासँग जुन २७ मा खेल्ने छ भने सोहि दिन टर्कीले चेक रिपब्लिकसँग खेल्ने छ ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया