प्रतिपक्षीको धर्म निभाउने कांग्रेसको संकेत सराहनीय – डा.भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय भएको बताएका छन् । प्रतिपक्षी दलको धर्म निभाउने नेपाली कांग्रेसको संकेत स्वागतयोग्य भएको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्त्वमा सरकार गठनको पहल गर्ने नेपाली कांग्रेसको निर्णयलाई सराहनीय कदम भनेका छन् । प्रतिपक्षी दलको धर्म निभाउने नेपाली कांग्रेसको संकेत स्वागतयोग्य भएको उनको भनाइ छ ।
उनले शनिबार बिहान ट्वीटरमा लेखेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं ।’
दलहरु एजेण्डा फरक–फरक हुने भए पनि सबैभन्दा माथि देश, जनता र लोकतन्त्र हुने उल्लेख गर्दै डा। भट्टराईले आजको दिनमा ओलीको विदाई नै प्राथमिक हुने बताएका छन् ।










सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्रतिक्रिया