टी- २० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकपका सुपर आठका खेलमा आज दुई खेल हुदै छन् । आज पहिलो खेल वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच हुदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।
सुपर आठमा दक्षिण अफ्रिकाले यस अघि खेलेका दुवै खेल जितेको छ भने यो खेल जितेमा सेमिफाइनलमा पुग्ने छ । त्यस्तै वेस्ट इन्डिजका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस अघि खेलेका दुई खेलमा अमेरिकालाई पराजित गरेको थियो भने ईङल्याण्डसँग पराजित भएको थियो ।
त्यस्तै आज अर्को खेल भारत र अस्ट्रेलियाबीच हुने छ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुने छ । भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो । सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।












कस्तो रहला आज दिनभरकाे मौसम ?
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया