नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्याइएकामा सरकारको ध्यानाकर्षण

काठमाडौँ। सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेतलगायतका देशमा पु¥याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकषर्ण गराएका छन् । घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गुरुङले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रुपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनी रुपमा रहेको तथ्य प्रस्तुत गरे । पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनी रुपमा कुवेत पुगेको सूचना प्राप्त भएको उनले बताए ।
सांसद गुरुङले आफू कुवेतमा नेपाली जनसम्र्पक समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर नेपाल फर्किने क्रममा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको उल्लेख गर्दै झापाको एउटा मेनपावर कम्पनीले प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर बेल्ग्रट पु¥याएको खुलेको छ, यस विषयमा सरकारको ध्यानाकषर्ण गराउन चाहन्छु ।”
सांसद सम्झना थपलियाले सिरहालगायत मधेशका अन्य जिल्लामा पछिल्लो समयमा शान्ति सुरक्षाको स्थिति कमजोर भएको उल्लेख गर्दै तीन महिनादेखि चोरी डकैतीका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराए । उनले भने, “वित्तीय संस्थाको रकम लुटिएको छ, तर एउटा पनि दोषी पक्राउ परेको छैन ।”
सांसद माधव सापकोटाले हिउँदमा अस्थायी संरचना निर्माण गरिए पनि बर्खामा बाढीले बगाउने गरेको उल्लेख गर्दै नागरिकल ती अस्थायी संरचना बगाएको टुलुटुलु हेर्नुको विकल्प नभएको बताए ।
सङ्घीय संसद्को बैठक आज बिहान ११ बजे सुरु हुने भनिए पनि सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न वार्तामा बसेका कारण निर्धारित समयभन्दा डेढ घण्टापछि मात्रै सुरु भएको थियो ।

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया