शनिबार, माघ ३, २०८२

नवलपुरमा गोहीको आक्रमणबाट मृत्यु

मेरोन्यूज २०८१ असार १० गते २१:२९

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको निधन भएको छ । 

काठमाडौं ।आज विहान ९ बजेतिर नवलपुरको मध्यविन्दु नगरपालिका २ सेहेरीमा नारायणी नदी किनारमा नुहाउन गएका ७२ बर्षीय मिलबहादुर थारुको गोहीको आक्रमणबाट निधन भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार थारुले नुहाउने क्रममा गोहीले तानी नदीमा लगेको र डुबेको अवस्थामा उद्दार गरिएको थियो । 

स्थानीय र प्रहरीलको टोलीले उद्दार गरी हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

उनको सरिरको खुट्टाको भाग गोहीले खाएको अवस्थामा फेला परेको छ । 

उक्त गोहीलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले उद्दार गरी लगेको थियो ।

प्रतिक्रिया