विष्णु रिमालको नेतृत्वमा एमालेका ३० नेता चीन भ्रमणमा जाने
मेरोन्यूज
२०८१ असार १० गते २१:१६

काठमाडौँ । नेकपा एमालेका नेताहरूको जम्बो टोली चीन भ्रमणमा जाने भएको छ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेका हो ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु १० दिने चीन भ्रमणमा जान लागेको एमाले नेता राजन भट्टराईले जानकारी दिए । त्यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।
भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत (इलाम), सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायत रहेका छन् ।
सम्बन्धित
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया