बिहीबार, जेठ १, २०८२

समीक्षा अधिकारी भन्छिन् : म संसारकै भाग्यमानी

मेरोन्यूज २०८१ असार ११ गते १६:३७

काठमाडौँ । गायिका समीक्षा अधिकारीले रिस राग र डाहा मनमा पालेर केही नहुने बताएकी छन् ।

मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले आफू उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली भएको बताइन् । आफु उठ्ने क्रममा धेरैको साथ पाएकाले आफूलाई संसारकै भाग्यमानी ठान्ने गरेको समीक्षाले उल्लेख गरेकी छन् ।

यस्ताे छ उनकाे स्ट्याटस् :

सबैलाई एकदिन मर्नु नै पर्छ। बाँचुन्जेली रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र? म त झन उठ्नै लाग्दा बेस्सरी ठेश लागेर लडेकी चेली पो हुँ त। मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसै कारण म संसारकै भाग्यमानी छु झै लाग्छ। असफल हुदा खुसी हुनेहरु धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरु झनै कत्ति कत्ति। म चाहान्छु, सबै कलाकारहरुलाई सफलता मिलोस्, उहाँहरुको गीत चलोस्, फिल्म चलोस्। रुदैं हिड्न नपरोस्।

प्रतिक्रिया