आप्रवासी श्रमिकको पीडाको संग्रह ‘सनैया’ सार्वजनिक

काठमाडौं । लामो सयमदेखि श्रम आप्रवासन विषयमा कलम चलाउँदै आएका पत्रकार होम कार्कीद्वारा लिखित पुस्तक ‘सनैया’ आज सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कतारमा १६ वर्ष बिताएका बुटवलका यमनाथ–खिमकला चापागाईं दम्पतीले पुस्तकको विमोचन गरे ।
‘सनैया’ पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदूरको उत्पीडन र संघर्षको चक्रलाई भिन्नभिन्न पात्र र कथाका माध्यमबाट चित्रण गरिएको छ ।
कार्यक्रममा वैदेशिक रोजगारविज्ञ डा गणेश गुरुङले वैदेशिक रोजगारमा जानेको स्थितिलाई ‘सनैया’ले उतारेको बताए । सांसद डा बिन्दा पाण्डेले वैदेशिक रोजगारमा जानेको पारिश्रमिक बैंकिङ प्रणालीमा ल्याए मात्र शोषण न्यूनीकरण हुने दाबी गरिन् ।
पूर्वसचिव एंव श्रम प्रशासन विज्ञ पूर्णचन्द्र भट्टराईले शिक्षा र सीपलाई प्राथमिकता दिए वैदेशिक रोजगारमा जानेले दुःख नपाउने मुख्य कुरा पुस्तकले छोएको भन्दै ‘सनैया’ को प्रसंशा गरे ।
लेखक कार्कीले खाडी राष्ट्रमा पैसा कमाउन गएका नेपालीको पीडा सम्झदै भने, ‘जुन दिन म अप्ठ्यारोमा परेका श्रमिकलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथेँ । ती झझल्कोलाई उतारेपछि मात्रै मलाई मिलेको शान्तिको परिणाम हो सनैया ।’
१८ उपशिर्षक तथा २३ फोटोसहित ३७० पृष्ठको ‘सनैया’ पुस्तकमा वैदेशिक रोजगारीका नाममा आप्रवासी श्रमिकले पाएको उत्पीडन र संघर्षको चक्रलाई भिन्नभिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गरिएको छ ।













पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा
मकवानपुरमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
भृकुटीमण्डपमा राप्रपाको जलपान, प्रधानमन्त्री पनि सहभागी
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया