आप्रवासी श्रमिकको पीडाको संग्रह ‘सनैया’ सार्वजनिक

काठमाडौं । लामो सयमदेखि श्रम आप्रवासन विषयमा कलम चलाउँदै आएका पत्रकार होम कार्कीद्वारा लिखित पुस्तक ‘सनैया’ आज सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कतारमा १६ वर्ष बिताएका बुटवलका यमनाथ–खिमकला चापागाईं दम्पतीले पुस्तकको विमोचन गरे ।
‘सनैया’ पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदूरको उत्पीडन र संघर्षको चक्रलाई भिन्नभिन्न पात्र र कथाका माध्यमबाट चित्रण गरिएको छ ।
कार्यक्रममा वैदेशिक रोजगारविज्ञ डा गणेश गुरुङले वैदेशिक रोजगारमा जानेको स्थितिलाई ‘सनैया’ले उतारेको बताए । सांसद डा बिन्दा पाण्डेले वैदेशिक रोजगारमा जानेको पारिश्रमिक बैंकिङ प्रणालीमा ल्याए मात्र शोषण न्यूनीकरण हुने दाबी गरिन् ।
पूर्वसचिव एंव श्रम प्रशासन विज्ञ पूर्णचन्द्र भट्टराईले शिक्षा र सीपलाई प्राथमिकता दिए वैदेशिक रोजगारमा जानेले दुःख नपाउने मुख्य कुरा पुस्तकले छोएको भन्दै ‘सनैया’ को प्रसंशा गरे ।
लेखक कार्कीले खाडी राष्ट्रमा पैसा कमाउन गएका नेपालीको पीडा सम्झदै भने, ‘जुन दिन म अप्ठ्यारोमा परेका श्रमिकलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथेँ । ती झझल्कोलाई उतारेपछि मात्रै मलाई मिलेको शान्तिको परिणाम हो सनैया ।’
१८ उपशिर्षक तथा २३ फोटोसहित ३७० पृष्ठको ‘सनैया’ पुस्तकमा वैदेशिक रोजगारीका नाममा आप्रवासी श्रमिकले पाएको उत्पीडन र संघर्षको चक्रलाई भिन्नभिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गरिएको छ ।















लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी
जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया