सुन्दुरेघारीमा आगलागी हुँदा लाखौंको क्षति

रौतहट । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका ९ सिन्दुरेघारी गाउँमा आज बिहान १ घरमा भएको आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
बुधवार बिहान साढे ७ बजे चन्द्रपुर ९ सिन्दुरेघारीका धुर्ब बहादुर सापकोटाको जस्ताले छाएको दुई तल्ले कच्ची घरमा विद्युत लाईन सर्ट भई आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको छ।
आगलागीबाट घर र घर भित्र रहेका अन्नपात, लत्तकपडा र सिलाई मिसिन पुर्णरुपमा जलेर नष्ट हुँदा पाँच लाख ८८ हजार बराबरको क्षेति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख बिक्रम हुमागाईंले बताएका छन ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट असई कृष्णनन्दन रायको नेतृत्वमा गएको ७ जनाको टोली ,चन्द्रपुर नगरपालिकाको दमकल र स्थानियहरुको सहयोगमा बिहान ८ बजेर २० मिनेटमा आगलागी पुर्णरुपमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ। रौतहट स्थित सशस्त्र प्रहरी प्रमुखमा एस्पी हुमागाईं आएदेखि आगलागी लगायत विपद पीडितको उद्धार कार्यमा सशस्त्र प्रहरी निकैनै सक्रिय देखिएका छन् ।











यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया