अफेयरको चर्चाबीच एकसाथ देखिए अमिताभ बच्चनका नाति र सुहाना खान
मेरोन्यूज
२०८१ असार १४ गते १७:५४

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा हालै लण्डनको एक नाइट क्लबमा साथै देखिएका छन् ।
दुवैले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको बेला उनीहरु नाइट क्लबमा साथै देखिएका हुन् । दुवैको एउटा भिडियो भाइरल भइरहेको छ ।
सुहाना र अगस्त्यले जोया अख्तरको फिल्म ‘द आर्चिज’बाट एकसाथ फिल्ममा डेब्यू गरेका थिए ।
सुहाना एक फिल्मको सुटिङका लागि लण्डनमा रहेको बताइएको छ ।
केही समययता शाहरुख खानकी छोरी सुहाना खान र अमिताभ बच्चनका नाति अगस्त्य नन्दको डेटिङको खबर चर्चामा छ । यी अफवाहमा दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।
सम्बन्धित










धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया