बिहीबार, माघ १, २०८२

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ

मेरोन्यूज २०८१ असार १४ गते २१:२९

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी लामो समयदेखि फरार सूचिमा थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए ।

यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी  तथा उनका छोरा सन्दीप रायमाझी जेल पुगेका थिए ।

जसमध्ये सन्दीप र पूर्वगृहमन्त्री खाँण छुटेका छन् । रायमाझी, राई र पाण्डे अझै पनि थुनामै छन् । जिल्ला र उच्च दुवै अदालतले उनीहरूलाई थुनामै राख्ने आदेश दिएकाे थियाे ।

प्रतिक्रिया