सरकारमा फर्किँदै फणीन्द्र देवकोटा, आइतबार शपथ हुने

पोखरा । फ्लोर क्रसको घटनाले कारबाहीमा परेर पनि सर्वोच्चको अन्तरिम आदेशपछि संसद् फर्किएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा सरकारमा सामेल हुने भएका छन् । उनलाई आइतबार शपथको तयारी गरिएको छ ।
देवकोटाले जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले सांसदबाटै निष्कासन गरेको थियो । तर उनी उक्त निर्णयको विरुद्ध सर्वोच्च गएका थिए ।
सर्वोच्चले देवकोटाको पार्टी नेपाल समाजवादी नै उल्लेख भएकोले माओवादीले कारबाही गर्न नसक्ने भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्ने गरी अन्तरिम आदेश दिएको थियो ।
देवकोटा यसअघि जेठ २९ गते ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए । अहिले पनि सोही मन्त्रालयमा दोहोरिन लागेका हुन् । आइतबार १० बजे शपथ गराउने तयारी भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।
७ सदस्यीय मन्त्रीमण्डल रहेको गण्डकीमा हालसम्म ४ जना मात्रै मन्त्री छन् । कांग्रेसका ३ र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्रीका रूपमा कार्यरत छन् ।
सरकारलाई समर्थन गरेको राप्रपाले अहिले नै सरकारमा जाने छनक देखाएको छैन । केन्द्रीय नेतृत्वले तत्काल सरकारमा सहभागी नहुने निर्देशन पठाएपछि राप्रपा सरकारबाट बाहिर बसेको हो । राप्रपाकै लागि दुई वटा मन्त्रालय खाली राखिएको छ ।














पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया