ग्राभेल उत्खनन गरेकाे पोखरीमा डुबेर २ बालकको मृत्यु

सिरहा । सिरहामा गाउँ नजीकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ ।
नरहा गाउँ पालिका ३ खोरियाटोल नजिकै ग्राभेल मफियाहरुले जथाभावी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय शुशील मण्डलको छोरा ६ वर्षिय राहुल मण्डल शुशीलकै भान्जा करिव ८ वर्षिय आशिष मण्डलको मृत्यु भएको हो । सोमबार करिव ११ बजेबाट हराईरहेका दुबै बालको प्रहरीको समेत सहयोगमा राती अवेरसम्म खोजतलास गर्दा पनि फेला नपरेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
आज बिहान गाउँकै एकजना खेत खन्न गएकोबेला कसहाबाला भन्ने बसन्त यादवको पोखरीमा शव तैरिरहेको अवस्थामा देखेपछि हामीलाई खवर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए।
तत्काल पुगेका प्रहरीले आवश्यक प्रकृया पुरागरी शव पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल सिरहा पठाएको छ।
यस क्षेत्रमा स्थानीय ग्राभेल माफियाहरुले जथाभावी ग्राभेल उत्खनन् गर्दा बनेको खाल्डोमा वर्षाको समयमा जमेको पानीमा डुवेर वर्षेनी बाल बालिकाहरुको मृत्यु हुने गरेको स्थानीयहरु बताउँछन्।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया