नेपाली बजारमा नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी ल्याउँदै रियलमी

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू– रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।
रियलमी १२ एक्स फाइभ जीमा १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले २००० निट्ससम्मको पीक ब्राइटनेस प्रदान गर्दछ । त्यस्तै रियलमी नार्जो ७० प्रो फाइभ जीमा पनि २००० निट्सको पीक ब्राइटनेस र १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले अद्वितीय भिजुअल क्ल्यारिटी र भ्युइङ एक्स्पिरियन्स प्रदान गर्दछ । दुवै स्मार्टफोनहरूमा ५००० एमएएच्को शक्तिशाली ब्याट्री छ, जसले गर्दा प्रयोगकर्ताहरूले फोन आरामसँग चलाउन सक्छन् ।
नार्जो ७० प्रो फाइभ जी
नार्जो ७० प्रो फाइभ जीको फ्ल्यागशिप सोनी आइएमएक्स ८९० ओआइएस् क्यामरा र मास्टर शट एल्गोरिदमले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न पाउनेछन् । यसमा २००० निट्सको पीक ब्राइटनेस र १२० हजर्को अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले रहेको छ, जसले उत्कृष्ट भिजुअल क्ल्यारिटी प्रदान गर्दछ । त्यस्तै यसमा भएको डाइमेन्सिटी ७०५० फाइभ जी चिपसेटले फोनको हरेक फंक्सनहरु हाई पर्फर्मेन्स र स्मूथ हुन्छन् । ५००० एमएएच्को शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथ आउन लागेको नार्जो ७० प्रो फाइभ जी पावर र पर्फर्मेन्सको सम्मिश्रण हो ।
रियलमी १२ एक्स फाइभ जी
रियलमी १२ एक्स फाइभ जीमा रहेको एड्भान्स्ड ६ एन्एम् डाइमेन्सिटी ६१००+ फाइभ जी चिपसेटले दमदार प्रदर्शन र प्रभावकारीता प्रदान गर्दछ । ९५० निट्सको पीक ब्राइटनेस र १२० हर्जको एफ्एच्डि प्लस डिस्प्ले भएको यो रियलमी १२ एक्स फाइभ जीले चुस्त र जीवन्त भ्युइङ एक्स्पिरियन्स प्रदान गर्दछ । रियलमी १२ एक्स फाइभ जीको ५० एमपि कलर एआइ क्यामराले मिहिनताका साथ उत्कृष्ट फोटो लिन सक्छ । त्यस्तै ५००० एमएएच्को शक्तिशाली ब्याट्री र ४५ वाटको सुपरभोक चार्जले दिनभर फोन पावरमा राख्छ ।
रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभजीले रियलमीको इनोभेसनप्रतिको प्रतिबद्धतालाई जारी राख्दै प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोनहरू प्रदान गरेको छ ।










काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया