‘नम्बरी सुन’ साउन २५ मै प्रदर्शनमा आउने

काठमाडौं। राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन अघि सरेको छ । भदौ १ गते प्रदर्शन मिति तोकिएको फिल्म साउन २५ नै हलमा लाग्ने भएको छ ।
निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै प्रदर्शन नयाँ सार्वजनिक मिति तोकेको हो ।
निर्माण पक्षले के कारणले प्रदर्शन मिति हेरफेर गरिएको हो खुलाएको छैन । यस फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ लयायतको समेत अभिनय रहेको छ ।
नारायण खातीको कथा तथा प्रस्तुति रहेको यस फिल्मका पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्मााण भएको फिल्मको सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर फिल्म निर्माण गरेका हुन् ।
फिल्मका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीले स्वर दिएका छन् । फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।









समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया