सोमबार, वैशाख ७, २०८३

पूर्वप्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान

मेरोन्यूज २०८१ असार १९ गते १९:००

जलेश्वर । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्वमधेश प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई जिल्ला आदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ । मधेस आन्दोलनका क्रममा विसं २०७२ भदौ २५ गते विकको हत्या भएको थियो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उक्त प्रकरणमा सङ्लग्न भएको आरोपमा गत शनिबार पक्राउ परेका पूर्वसंविधानसभा सदस्य यादवलाई न्यायाधीश फनेश्वरी घिमिरेको एकल इजलासले आज कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको हो । यादवलाई आगजनी मुद्दामा रु पाँच हजार जरिवानासमेत गरिएको स्रेस्तेदार नुतन झाले जानकारी दिइन् ।

यादव तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट २०६४ सालको संविधानसभा निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ र २०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं ४ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

महोत्तरी जिल्ला अदालतले विसं २०८० मङ्सिर २८ गते सशस्त्र प्रहरी सहायक निरीक्षक विकको हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको फैसला सुनाएको थियो । सोही मुद्दामा महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद लक्ष्मी महतो कोइरी र पवन कापरलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया