ज्वाला सिंहको नाममा चन्दा उठाउने चार पक्राउ

बाँके । ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जनालाई नेपालगंज उपमहानगरपालिका–२२ पुरैनीबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका–४ सूर्यलालपुर बस्ने २४ वर्षीय विकास चौधरी, सोही गाउँपालिका–५ बस्ने मर्गनाथ भन्ने ४१ वर्षीय मेघनाथ चौधरी, सोही गाउँपालिका–२ बस्ने ४० वर्षीय भीमबहादुर भण्डारी र नेपालगंज उपमहानगरपालिका–३ सल्यानीबाघ बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका–१५ घर भएका २९ वर्षीय ज्योती प्रकाश चौधरी छन् ।
राप्तीसोनारी गाँउपालिका–५ जुरपानी बस्ने एक पुरुषसँग विगत १ हप्ता पहिलादेखि ज्वाला सिंह समूहको नामबाट फोन गरी २ लाख रूपैयाँ रकम चन्दा माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आफूलाई ज्वाला सिंह समूह बताउने उनीहरूलाई चन्दा रकम माग गर्न प्रयोग भएको सिमकार्ड र चन्दा बापतको नगद १० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।







निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया