जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ
मेरोन्यूज
२०८१ असार २० गते १७:३४

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका-१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
मगरलाई ती किशोरीलाई चन्द्रागिरि नगरपालिका-१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै झापामा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका-१ बस्ने २८ वर्षीय अन्सार मियाँलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
मियाँले ती महिलालाई विवाह गर्छु भनी आश्वासन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सम्बन्धित

















युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना
पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै
मुस्ताङमा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
९५५ केजी गाँजासहित दुई जना पक्राउ
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया