वर्षाले पुष्पलाल लोकमार्गमा क्षति

बागलुङ । वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ । कालोपत्र सम्पन्न भइसकेको गलकोट र बडिगाड खण्डमा पहिरो खसेको छ ।
बागलुङ बजारदेखि पातिहाल्नेसम्मको एक सय ४२ किलोमिटरमध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ । असार १५ गते परेको पानीले लोकमार्गको १२ ठाउँमा क्षति पुगेको थियो । उक्त स्थानमा निरन्तर पहिरोले क्षति पुर्याएको छ ।
उक्त सडक अहिले एकतर्फ खुलाइए पनि यात्रा जोखिमपूर्ण रहेको छ । ठाउँठाउँमा खसेको पहिरोले लोकमार्गको कालोपत्र सडक, ग्याविन, पर्खाल र नालीमा क्षति पुर्याएको हो ।
कतिपय स्थानमा सडकको कालोपत्र बगाएको र पहिरोले सडक नै बगाएर क्षति पु¥याएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
आयोजना कार्यालय पर्वतका इञ्जिनियर उज्वल शर्माले गलकोट खण्डमा वर्षाले पहिरो, बाढी र गेग्रान ल्याउँदा ठूलो क्षति भएको जानकारी दिए । उनले क्षतिको विवरण सङ्कलन गर्न प्राविधिकको समूह परिचालन गरिसकेको बताए ।
हटिया बजारदेखि मनेवा पाटासम्मको १५ किमी सडकमा २० वटा साना पहिरो खसेको छ । गलकोट खण्डको गल्याङ, मनेवापाटा, भालुपाइले, बतासे डाँडा र बाँसखोला क्षेत्रमा पनि पहिरो खसेको छ ।
एकतर्फ सडक खुलाइए पनि उक्त सडकको कालोपत्र पहिरोले पुरेको छ । काठेखोला गाउँपालिका–६ इनारपानी, बडिगाड गाउँपालिका–२ हाँडीखोलालगायतका स्थानमा पहिरो खसेर लोकमार्गमा क्षति पु¥याएको छ ।
बर्सात्ले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रु सास्ती खेप्न बाध्य छन् । राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी लोकमार्ग आयोजनामा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुक्खा याममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता भएको हो ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया