सुन तथा चाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ
मेरोन्यूज
२०८१ असार २१ गते १६:०४

रूपन्देही । रोहिणी गाउँपालिका-७ लठ्टाबाट ७ तोला १०.७ लाल तौलको सुन जस्तो देखिने पहेलो धातुका विभिन्न गरगहना, ८ केजी ५ सय १ ग्राम चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना र ३४ ग्राम तौलको पहेलो धातुले बनेको २ थान छप्का तथा ६ थान कानको रिङ सहित भारत महाराजगंज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त टोलीले युपि ५६ एडि ८०३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको उक्त गरगहना फेला पारी मोटरसाइकलमा सवार सुनारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया