महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा ११ बर्षीय वालिका ७ दिनदेखि वेपत्ता भएकी छन ।
गत विहिवार गौशाला बजारमा किनमेल गर्न गएको वेला कृति कुमारी महतो वेपत्ता भएकी हुन ।
वडा नं. २ निगौल बस्ने महतो र सोही वडामा वस्ने १९ बर्षीय आकाश कुशवाहा एकैदिन वेपत्ता भएपछी वालिकाको परिवारले कुशवाहाले नै वेपत्ता वनाएको हुन सक्ने आशंका गरेका छन ।
यसैको आधारमा कुशवाहामाथी वेपत्ता वालिकाको परिवारले किटानी जाहेरी समेत दिएका छन । ‘आफन्त र केही सुराकीको आधारमा छोरीलाई कुशवाहाले लिएर गएको थाहा पाएका छौ ।’ कृतिकाका वुवा संजय कुमार महतोले भने ।’उमेर नै नपुगेकी ११ बर्षीय छोरीलाई अपहरण शैलीमा भागाएपछी अहिले प्रहरीलाई खोजी गरेर भगाउने कुशवाहालाई कारवाहीको माग गरेका हौ ।’
वालिका काँहा छिन भन्ने बिषयमा मोबाइल फोन समेत प्रहरीले ट्रयाकिङ्ग गरेको छ । ट्रयाकिङ्गको आधारमा ठाँउ पहिचान गर्दा वालिका आशंका गरिएका कुशवाहाको आफन्तकोमा रहेको प्रमाणित भएको वेपत्ता वालिकाका परिवारजनले वताए ।
‘हामी प्रहरीले दिएको जानकारीअनुसार सर्लाहीस्थित भक्तिपुरमा पुग्यौ त्याँहा कुशवाहाका सानिमा देवकली महतोको घरमा रहेको थाहा पांयौ ।’ वेपत्ता वालिकाका मामा देवनारायण महतोले भने । ‘त्यसपछि उनीहरुले हामि खोजीरहेको थाहा पाएपछि कुशवाहाको हजुरवुवा प्रभु महतोको घरमा पुर्र्याएकोसम्म थाहा पाएका थियौ तर अहिले हाम्री भान्जी काँहा छिन भन्ने केही थाहा छैन ।’
प्रहरीलाई जाहेरी दिएको ५ दिन वितिसक्दा पनि खोजविनमा सुस्तता देखिएको भन्दै आफन्तहरुले गुनासो गरेका छन । यता प्रहरीले भने खोजविन प्रक्रियालाई तीव्रता दिएको र यस्को लागि संयन्त्रहरु समेत प्रयोग गरिरहेको दावी गरेको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाका कार्यालय प्रमुख सुर्य वहादुर राणाले मोबाइल फोन ट्र्याकिङ्ग गरेर थप खोजी भईरहेको वताए । उन्ले भने । ‘हामी लागीरहेका छौ, सर्लाहीस्थित भक्तिपुरमा केटाका आफन्तहरु थुप्रै रहेछन हामीले घर-घरमा पुगेर समेत खोजी कार्यलाई तीव्र वनाएका छौ ।’
यता वालिका वेपत्ताको बिषयलाई लिएर मानवअधिकारवादीहरुले समेत ध्यानाकर्षण जनाएका छन । मानवअधिकारवादी संवद्व संस्था मधेश प्रदेश प्रमुख मंजु खतिवडाले वालिका वेपत्तालाई लिएर आफुहरुको ध्यानाकर्षण भएको वताएकी छन । ‘उमेर नपुगेकी वालिकालाई भगाउनु भनेको अपहरण गरेको जस्तै हो । अव अपहरण मुद्दामा वालिकाका आफन्त अगाडी बढनुपर्छ ।’
वेपत्ता भान्जीको बिषयमा माइती नेपाललाई समेत उजुरी दिएको मामा देवनारायण महतोले जानकारी दिए ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया