भारतीय कुखुराको चल्ला बरामद

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुराको चल्ला बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले परोहा नगरपालिका ८ कबीर चौक स्थित तस्करले भारतीय बजारबाट लुकाई छिपाई ल्याएको एकलाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद गरेको हो ।
बरामद चल्ला लाई जिल्ला कुखुरा ब्यवसायी किसान संघको रोहबरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईं ले बताएका छन। सशस्त्र प्रहरीको टोलीलाई हेरेर कुखुरा तस्कर फरार भएपनि उनीहरूले प्रयोग गरेको विआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाईकल लगायत साईकलहरु बरामद गरिएको एस्पी हुमागाईंले जानकारी दिएका छन।
बरामद सवारीसाधन आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीले जारि गरेको जानकारी दिएको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया