एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति

काठमाडौँ । बलिवुड फिल्म एनिमलबाट उदाएकी अभिनेत्री तृप्ति डिमरीले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छन् । अहिले उनी आफ्नो आगामी फिल्म ‘ब्याड न्युज’ लाई लिएर चर्चामा छिन । यस फिल्ममा तृप्तिसँगै विक्की कौशल र एमी विर्क पनि मुख्य भूमिकामा रहेका छन् । यो फिल्म १९ जुलाईमा रिलिज हुँदैछ । यो फिल्मका निर्माता करण जोहर हुन् ।
ब्याड न्यूजमा आफ्नो कास्टिङ बारे तृप्तिले बताएकी छन्- ‘वास्तवमा त्यो दिन म धर्मा प्रोडक्सनको ट्यालेन्ट एजेन्सीमा आबद्ध थिएँ । एक दिन करण सरले भेट्न बोलाए । उहाँले मलाई आनन्द तिवारी सरसँग परिचय गराउनुभयो। जब आनन्द सरले फिल्मको कथा सुनाउनुभयो, म पुरै समय हाँसेर बसें । तर, त्यसपछि उनले कथन सुनेपछि फिल्म छनोट भइसकेको नसोच्ने बताए । अन्तिम निर्णय अडिसन पछि हुनेछ। भोलिपल्टै उनले फिल्मका तीन–चार दृश्य रेकर्ड गरे ।’
तृप्तिले फिल्मले तीनै पात्रको व्यक्तिगत यात्राको विषय अभिव्यक्त गरिएको बताएकी छन् । यस फिल्ममा तीन पात्रको प्रेमदेखि करियरमा प्रगतिसम्म, सबैतिर सफलताको सोच रहेको बताएकी छन् ।
उनले यस बर्ष उनका चार फिल्म रिलिज हुने बताएकी छन् ।
उनले एनिमल-२ को विषयमा आफुलाई निर्देशक सन्दीप रेड्डी वांगाले केहि नभनेको बताउदै आफुलाई अफर गरेमा अवश्य गर्ने बताएकी छन् ।
तृप्तिको ब्याड न्युजपछि धडक- २, भुल भुलैया-३, विक्की विद्याका वोह वाला, आशिकी- ३ जस्ता फिल्म आउदै छन् ।














उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया