नारायणी नदिमा फसेका २ जनाको सशस्त्र प्रहरीको गोताखोरद्वारा सकुशल उद्दार

काठमाडौं । असार २२ गते सांझ पूर्वी नवलपरासी, गैडाकोट नगरपालिका-६ बुटवल बजार स्थित नारायणी नदिको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करिब ५ घन्टा पछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्दार गरेको छ ।
माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरले शनिबार राती सबा १० बजे सकुशल उद्दार गरेको हो ।
घटना बारे जानकारी पाए पश्चात् सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पुर्बी नवलपरासी बाट १५ जनाको टोली खटाइएकोमा उद्दार हुन नसकेपछी कुरिनटारबाट गोताखोर पठाइएको थियो ।
उद्दार गरिएका हरुमा गैंडाकोट नगरपालिका -५ बस्ने ५० बर्षका ओम बहादुर गुरुङ र ४२ बर्षका खुम बहादुर गुरुङ रहेका छन् । बाढिमा फसेका बर्ष ३५ का रमेश बोट भने आफै पौडिएर निस्किएका थिए ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया