यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८१ असार २४ गते ८:२५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।८८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।४५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५।१० रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०।७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७१।५० रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९।९६रुपैयाँ रहेको छ भने बिक्री दर ९०।३७ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३० रुपैयाँ रहेको छ भने बिक्री दर २८।४३ रुपैयाँ रहेको छ ।

सम्बन्धित
प्रतिक्रिया