पहिरोको जोखिम भएपछि च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

काँक्रेविहार (सुर्खेत) । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।
गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो ।
कार्यालयका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले भेरी–१ च्याउपानीका पहिराको उच्च जोखिममा रहेका ११ घरपरिवारलाई अन्यत्र सारिएको जानकारी दिए ।
ती मध्ये छ परिवारलाई भेरी–१ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताए ।
त्यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी– रारा राजमार्गअन्तरर्गत जाजरकोटकोटको भेरी–२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन पहल नभएको स्थानीयवासी पुष्प ओलीले बताए। –––
















Chair Oli and leader Lekhak freed
Gold and silver prices decrease
मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिक्रिया