‘कल्की’ले तोड्याे शाहरुखको फिल्म ‘जवान’काे रेकर्ड

काठमाडाैं । नाग अश्विनको निर्देशनमा बनेको प्रभासको साइन्स फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ ले हालसम्म भारतमा ५१० करोडको व्यापार गरिसकेको छ । याेसँगै फिल्मले शाहरुख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको छ ।
‘जवान’ले १३ औं दिन बक्स अफिसमा ५०१.०५ करोडको कलेक्सन गरेको थियो । कल्की २८९८ एडीलाई याे रकम कलेक्शन गर्न मात्र ११ दिन लाग्याे ।
तर ‘बाहुबली २’ र ‘केजीएफ च्याप्टर २’ को तुलनामा यो फिल्म अझै पछाडि छ । ‘बाहुबली २’ ले सात दिनमा कूल ५३९ करोड र ‘केजीएफ च्याप्टर २’ ले सात दिनमा ५२३.७५ करोडको कुल कलेक्सन गरेको थियो।
‘कल्कि २८९८ एडी’ ले पहिलो साता ४१४ करोड कमाएको थियो । स्याकनिल्कको रिपोर्ट अनुसार शनिबारको कमाई अघिल्ली दिनको १६.७ करोड रूपैयाँको तुलनामा दोब्बरभन्दा बढी थियो। दसौँ दिन फिल्मको कलेक्सन ३४.१५ करोड थियो ।
योसँगै दोस्रो आइतबार अर्थात् ११ औँ दिन फिल्मले ४४.३५ करोड कमाएको छ । जसमा हिन्दी संस्करणको मात्र सङ्कलन २२.५ करोड रुपैयाँ छ ।
प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ सन् २०२४ को बहुप्रतिक्षित फिल्म मध्ये एक हो । चलचित्रले अग्रिम बुकिङमै राम्रो व्यापार गरेको थियो । नाग अश्विन निर्देशित फिल्ममा प्रभासका अलावा अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पटानी र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ ।
यस फिल्ममा विजय देवरकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली, राम गोपाल वर्मा, दुल्कर सलमानले क्यामियो गरेका छन्।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया