‘कल्की’ले तोड्याे शाहरुखको फिल्म ‘जवान’काे रेकर्ड

काठमाडाैं । नाग अश्विनको निर्देशनमा बनेको प्रभासको साइन्स फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ ले हालसम्म भारतमा ५१० करोडको व्यापार गरिसकेको छ । याेसँगै फिल्मले शाहरुख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको छ ।
‘जवान’ले १३ औं दिन बक्स अफिसमा ५०१.०५ करोडको कलेक्सन गरेको थियो । कल्की २८९८ एडीलाई याे रकम कलेक्शन गर्न मात्र ११ दिन लाग्याे ।
तर ‘बाहुबली २’ र ‘केजीएफ च्याप्टर २’ को तुलनामा यो फिल्म अझै पछाडि छ । ‘बाहुबली २’ ले सात दिनमा कूल ५३९ करोड र ‘केजीएफ च्याप्टर २’ ले सात दिनमा ५२३.७५ करोडको कुल कलेक्सन गरेको थियो।
‘कल्कि २८९८ एडी’ ले पहिलो साता ४१४ करोड कमाएको थियो । स्याकनिल्कको रिपोर्ट अनुसार शनिबारको कमाई अघिल्ली दिनको १६.७ करोड रूपैयाँको तुलनामा दोब्बरभन्दा बढी थियो। दसौँ दिन फिल्मको कलेक्सन ३४.१५ करोड थियो ।
योसँगै दोस्रो आइतबार अर्थात् ११ औँ दिन फिल्मले ४४.३५ करोड कमाएको छ । जसमा हिन्दी संस्करणको मात्र सङ्कलन २२.५ करोड रुपैयाँ छ ।
प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ सन् २०२४ को बहुप्रतिक्षित फिल्म मध्ये एक हो । चलचित्रले अग्रिम बुकिङमै राम्रो व्यापार गरेको थियो । नाग अश्विन निर्देशित फिल्ममा प्रभासका अलावा अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पटानी र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ ।
यस फिल्ममा विजय देवरकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली, राम गोपाल वर्मा, दुल्कर सलमानले क्यामियो गरेका छन्।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया