शुक्लाफाँटाको नवनिर्मित कबर्ड हल बाढीको उच्च जोखिममा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा निर्माण गरिएको कबर्ड हल सनबोरा नदीको उच्च जोखिममा परेको छ । नदीको बाढीले कबर्ड हल भएको क्षेत्रमा जग्गा कटानी गर्न थालेपछि जोखिमा परेको हो ।
कबर्ड हल जोगाउनका लागि नगरपालिकाले जैविक तटबन्ध निर्माण गर्ने तयारी गरेको छ । कबर्ड हल निर्माणका लागि जैविक तटबन्ध निर्माण गरिने नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीले बताए ।
“तत्काल तटबन्धको ठूलो योजना कार्यान्वयन गर्न नगरपालिकासँग बजेट छैन”, उनले भने, “नदीले गर्दै आएको भूक्षय रोक्नका लागि कम लागतमा निर्माण हुने जैविक तटबन्ध बनाउने योजना बनाउन लागेका छौँ ।” नगर प्रमुख रणबहादुर महराले कबर्ड हलसँगै खल्ला बस्तीलाई नदीको कटानबाट जोगाउनका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक बजेटका लागि पहल गर्ने कार्य भइरहेको बताए ।
कबर्ड हल रु दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ मा ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको छ । कबर्ड हलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, एक सय ५० जना बस्न सकिने प्यारापिट, १२ वटा शौचालय, बाथरुम, महिला पुरुष कपडा चेन्जिङ रुमलगायत निर्माण गरिएका छन् । गत वर्षका असारमा सम्झौता भई चालु आवको असार १५ गतेभित्र निर्माण कार्य सक्ने गरी ठेक्का दिइएको थियो ।
















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
प्रतिक्रिया